दुर्गम भेगको बेरोजगार प्रेमीको भूमिकामा शंकर विसी: ‘मेरो माया जुग जाने खालको’ सार्वजनिक
सुष्मा देवकोटा २८ साउन २०७८
हरेक बर्षका तिजहरुमा अत्याधिक ब्यस्त रहने लोकप्रिय कलाकार शकर विसीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । विक्रम बाबु विश्वकर्माको शब्द तथा खेम सेन्चुरीको लय सृजना रहेको मेरो माया जुग जाने खालको बोलको गीत कलाकार विसीको निर्देशन र अभिनयमा युटुव मार्फत सार्वजनिक भएको हो ।
खेम सेन्चुरी र पुजा क्षत्रीको आवाजमा रहेको गीतको संगीत संयोजन महेन्द्र भट्टराईले गरेका हुन् ।
नेपालका दुर्गम ग्रामिण भेगमा बसोबास गर्ने युवा युवतीको जीवनशैली र प्रेमकथालाई केन्द्रमा राखेर निर्माण गरिएको गीतको भिडियोमा तिज विषेश संवाद, सन्दर्भ र परिभेषलाई प्रयोग गरिनुका साथै आधुनिकता फ्युजन स्वरुप आधुनिक पहिरन सहितको आकर्षक नृत्यलाई पनि प्रस्तुत गरिएको छ ।जसमा ग्रामिण बेरोजगार युवाको भुमिकामा यस भिडियोका निर्देशक समेत रहेका विसी स्वयंले अभिनय गरेका छन् । भेषभुषा, भाषाशैली र जीवनस्तरलाई समेत ध्यानमा राखिएको यस कथामा विसीको भूमिका हाँस्यास्पद चरित्रमा देखिन्छ ।
लामो समयदेखी प्रेममा रहेपनि बिहे गर्ने अवस्था र मानसिकता दुवै नभएको बेरोजगार र खराव संगतमा रहेका आफ्ना प्रेमीको ताल देखेर हैसानी अवस्थामा शंकरकी प्रेमिकाको भूमिकामा प्रस्तुत चरित्र र अभिनय चरित्र पनि आकर्षक छ ।
त्यस्तै मोडल करिष्मा ढकाल,सन्तोष मंग्रान्ती गैठे,अमर लगायका कलाकारको आकर्षक अभिनय र नृत्यले गीत सबै उमेर समुहले सुन्न र हेर्न मिल्ने बनेको छ ।
राजेश घिमिरेको छायांकनमा निर्माण भएको ‘मेरो ‘माया जुग जाने खाल’को गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।