Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति

अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ।

अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका लागि सो छात्रवृत्ति दिइन्छ।

डा. गुप्तासँगै लेखक तथा अभियन्ता सरिता परियार, नेपाल सरकारका उपसचिव शिशिर लामिछाने, नेशनल फरेन्सिक अफिसका वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत रस्मिता सुवाल यो छात्रवृत्ति पाएका छन्।

डा. सञ्जीव गुप्ताले सामुदायिक अस्पताल स्थापना गरेर नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। डा. गुप्ता भक्तिवेदान्त हस्पिटलको सिईओ पनि हुन्।

यो छात्रवृत्ति जित्नेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालय मा अध्ययन गर्न पाउनुका छन् साथै उनीहरुलाई J-1 भिजामा अमेरिका पठाइनेछ। उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर, नेपाली रुपैयाँ १ करोड तीस लाख प्रतिवर्ष पाउनेछन्।

जुन अमेरिकाका औषध श्रमिक व्यक्तिहरूको तुलनामा झण्डै दोब्बर हो। सन् २०२३, फलमा मास्टर्स डिग्रीको लागि उक्त छात्रवृत्ति नेपालबाट क्रमस डा. सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवालले पाएका हुन्।

 

TOP