Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

खुमलटारले शीर्ष स्थानको जावलाखेललाई हरायो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई पुछारको खुमलटार एफसीले हराएको छ ।

एन्फा कम्प्लक्सको मैदान सातदोबाटोमा भएको खेलमा खुमलटारले जावलाखेललाई ४–२ गोलले हराएको हो । खुमलटारका लागि स्टेफेन समिरले ह्याट्रिक गरे भने मेसुके ओलामाउले १ गोल गरे । खुमलटारकै रोहित सुब्बाले एक आत्मघाती गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।

आजको जितसँगै खुमलटार १७ अङ्कसहित तालिकाकाे ११ औँ स्थानमा पुगेको छ । २४ अङ्क रहेको जावलाखेल शीर्ष स्थानमा कायमै छ ।

लिगमा अहिले हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । हिमालयन शेर्पा १७ अङ्कसहित दशौँ स्थानमा र पुलिस १५ अङ्कसहित १२ औँ स्थानमा छ ।

TOP