Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

कोरोना त्रासदीबिच जर्मन क्लब बायर्नले पनि थाल्यो प्रशिक्षण

जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९)को त्रासकाबीच प्रशिक्षण सुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासका बीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो ।

कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर सुरु हुने तर्खर पनि नहुँदा क्लबले खेलाडीको फिटनेसका लागि सानो समूह बनाएर सोमबारदेखि प्रशिक्षण थालेको हो । बायर्नले क्लबका शीर्ष खेलाडीहरूले सोमबारदेखि प्रशिक्षण थालेको बताएको छ । पहिलो दिनको प्रशिक्षणमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्से कोमान, निकोलस सुल, फिलिपे कौटिन्हो, म्यानुयल निउर, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङको उपस्थिति रहेको थियो । जर्मनी अझै पनि लकडाउनमै रहेकाले क्लबले प्रशिक्षणमा लकडाउनको नियम पालना गर्दै वान अन वान ड्रिलको प्रशिक्षण गरेको थियो ।

बायर्नले १३ मार्चयता प्रशिक्षण गरेको थिएन । बायर्नले विज्ञप्ति जारी गर्दै बायर्नको पहिलो टोलीले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थालेको उल्लेख गरेको छ । ‘हामीले यो सरकारसँग समन्वय गर्दै प्रशिक्षण सुरु गरेका हौं । प्रशिक्षणमा हरेक खेलाडीले एक्लाएक्लै खेल्नेछन् । प्रशिक्षणमा सर्वसाधारणलाई निषेध गरिएको छ ।’ बायर्नले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, जर्मनीको अर्काे क्लब साल्कले पनि सोमबारदेखि नै प्रशिक्षण सुरु गरेको छ ।

जर्मनीमा १ लाखभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । १५ सय बढीले ज्यान गुमाइसकेका छन् । जर्मन बुन्डेस लिगाको २५औं चरणको खेल सकिँदा बायर्न ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ५१ अंक छ । बुन्डेस लिगमा ९ चरणको खेल बाँकी छ ।

स्रोत: राजधानी दैनिक

TOP