नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण: आजैबाट कार्यभार सम्हाल्ने
नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले शपथ ग्रहण गरेकी हुन् ।
अर्यालले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । हिजो मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित उपाध्यक्ष अर्यालले आजबाट नै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको लगायत संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।