Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सहकोषाध्यक्ष पदमा विकल ढकालको उम्मेदवारी

टेक्ससका युवा व्यवसायी बिलक ढकालले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुशासन र पारदर्शियताका लागि नयां सोच र नयां जोश साथ आफुले उम्मेदवारी दिएको उनले वताएका छन् ।

उनी भन्छन्,  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका)का सहकोषाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको छु । विदेशमा वस्ने सवै नेपाली समुदायको साझा संस्था एनआरएनएमा उम्मेदवारी दिएको मेरो यो पहिलो पटक हो ।

सहकोषाध्यक्ष भन्दा माथि थुप्रै पदहरु छन् । तर, एनआरएनए अमेरिकाको कार्यसमिति भित्र पहिलो पटक प्रवेश गर्न लागि मैले उक्त पदमा आफुलाई योग्य देखेर उम्मेदवारी दिएको हुं । सहकर्मी कोषाध्यक्ष लगायत समग्र कार्यसमितिलाई सहयोग गर्ने सहकोषाध्यक्षको जिम्मेवारी भित्र पर्छ । त्यसलै मैले यो पदमा आफुलाई योग्य देखेको हुं । उक्त पदमा हुदां एनआरएनए अमेरिका भित्र रहेर सुशासन, आर्थिक पारदर्शियताका लागि नयां सोच दिन सक्छु । विशेष गरी आर्थिक पारदर्शियता कायम राख्न म पछि पर्ने छैन ।

विकल विद्यार्थीका रुपमा अमेरिका आएका थिए । आफ्नो मास्टरसम्मको पढाई संगै उनी व्यवसायमा पनि संलग्न भए । युवा व्यवसायी विकल अहिले उनले स्टोर, होटल, रियल स्टेट लगायतमा लगानी गरेका छन् । नेपालमा पनि उनले लगानी गरेका छन्् । उनको व्यवसायमा करिव १ सय जनाले रोजगार पाएका छन् ।

एनआरएनए अमेरिका सदश्य संख्याका रुपमा ठुलो हुदैं गर्दा कोष पनि बृद्धि हुदै छ । त्यसैले संस्था भित्र कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतको जिम्मेवारी पनि बढ्छ । यही कारण पहिले भन्दा वढी सुशासन र आर्थिक पारदर्शियताको खाचो छ उनी भन्छन् ।

विकलले आफुले सधै सुशासन र वित्तीय पारदर्शियताका लागि जोड दिएको वताएका छन् । उनी भन्छन् म विद्यार्थीका रुपमा अमेरिका आई सघर्ष गर्दै पढाई पुरा गरें । केही बर्षको संघर्ष पनि अहिले व्यवसायीका रुपमा पहिचान वनाउन सकेको छु । केही स्टोर, होटल, रियल स्टेट लगायतमा मेरो लगानी छ । यो विस्तारको क्रममा पनि छु । मैले आफ्नो व्यवसायमा पनि सुशासन र वित्तीय पारदर्शियतालाई सधैं पहिलो प्रथामिकतामा राखेर कार्यान्वयन  गर्दै आएको छु । व्यवसायमा वित्तीय पारदर्शियता कामय गर्दा मेरा साझेदार, सहकर्मी कर्मचारी, बैंक लगायतसंग काम गर्न सजिलो पनि भएको छ । यसले गर्दा नयां जोशका साथ व्यवसाय विस्तारमा पनि मलाई हौसला मिलेको छ । यो अनुभवले पनि मलाई कुनै पनि संस्था भित्र सुशासन र वित्तीय पारदर्शियता पहिलो प्रथामिकतामा पर्नु पर्छ भन्ने लागेको हो ।

सवै अग्रल, साथी भाईको सल्लाह अनुसार आफुले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले वताए । मैले अग्रज साथि भाई लगायत समुदायको सल्लाह सुझाव मा पदमा उम्मेदवारी दिएको हुं । मेरो उम्मेदवारी पछि आएका सकरात्मक प्रतिकृयाले मलाई हौसला पनि मिलेको छ । मलाई आशा छ चुनावमा मैले तपाईहरुको मत पनि पाउने छु उनले भने ।

TOP