चितवन–२ मतगणना अपडेट : रवि लामिछाने ८९६७ मतले अगाडि
चितवन २ मा इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका ३ वटा वडाहरु मतगणना सकिँदा रास्वपाका उम्मेदवार रवि लामिछाने ८९६७ मतले अघि देखिएका छन् ।
लामिछानेले १२५४० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३५७३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ३५५५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।