Trending

भारतीय दूतावासका सुरक्षागार्डले आफैलाई गरे गोली प्रहार, घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

भारतीय दूतावासका एक अधिकारीले सिंहले ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । यसअघि सन् २००५ मा भारतीय दूतावासमा गोली हानाहानको क्रममा दुई भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । साथै एक जना घाइते भएका थिए ।

TOP