Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

बाग्मतीमा गठबन्धन धरापमा, एमाले र समाजवादी एकजुट हुने संकेत

काठमाण्डौं। वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्टको आएको छ । कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख समक्ष जानै लागेका बेला प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले उक्त प्रयास विफल पार्ने सम्भावना देखिइको छ ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीलाई पार्टीको मान्यता नदिएको एमालेले सोही पार्टीका मुख्यमन्त्री राजेन्द्र पाण्डेको पद जोगाइदिने अनौठो सम्भावना देखिएको छ । पाण्डेलाई एमालेले साथ दिएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि उनले विश्वासको मत पाउँनेछन् ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ,जुन संख्या एमाले र नेकपा एस मिल्दा पुग्छ । सत्ता गठबन्धन फुटाउँनका लागि एमालेले यो कार्ड फाल्न खोजेको छ ।

एमालेका प्रमुख सचेतक दिपक निरौलाले विश्वासको मतका लागि औपचारिक रुपमा मुख्यमन्त्रीले दल समक्ष सहयोग मागेमा आफूहरुले त्यसमा छलफल गर्न सक्ने बताए । सकेसम्म गठबन्धन दलहरु मिलेरै सरकार चलाउँन् भन्ने चाहना एमालेको रहेको निरौलाले बताए ।

स्रोतका अनुसार पाण्डेको सरकार जोगाइदिन एमाले तयार छ । मुख्यमन्त्रीविरुद्ध संविधान बमोजिम अविश्वास प्रस्ताव ल्याउँन नमिल्ने भएकाले कांग्रेसले समर्थन फिर्ता लिएको जानकारी दिएपछि उनी अल्पमतमा पर्नेछन् र विश्वासको मत लिनुपर्नेछ ।

TOP