Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

पत्रकार सम्मेन सहित बानेश्वरको सडकबाट ‘राष्ट्रिय स्वतन्त्र उमेद्वारी’ अभियानको आधिकारिक घोषणा

सुष्मा देवकोटा  काठमाडौं, १८ चैत

काठमाडौंको नयाँ बानेश्वर सडकबाट स्वतन्त्र उमेद्वारी अभियानको आधिकारिक घोषणा गरिएको छ । ‘राष्ट्रिय स्वतन्त्र उमेद्वारी अभियान’ले बिहिबार दिउँसो नयाँ बानेश्वर चोकमा पत्रकार सम्मेलन सहित अभियानको आधिकारिक घोषणा गरेको हो ।

स्थानीय तहमा दल बिहिन निर्वाचनको आवश्यकता र महत्वमाथी प्रकाश पार्दै आएको अभियान ‘अबको स्थानिय सरकार, ७५३ निकायमै स्वतन्त्र उम्मेद्वार ‘भन्ने मुल नाराका साथ स्थानीय निर्वाचनमा सबल, सक्षम र स्वतन्त्र उम्मेदवार खोजी गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ ।

स्थानीय तहमा हुने निर्वाचन दल बिहिन हुनुपर्ने माग सहित सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ संचारकर्मी डम्मर साहुको संयोजकत्वमा अघि बढिरहेको छ । यस अघि पनि पटक पटक विज्ञ तथा उमेद्वार र स्थानियहरुसंग छलफल तथा बिचार बिमर्षका साथ अघि बढेको अभियानले पहिलो पटक औपचारिक रुपमा उदेश्य र योजना सहितको औपचारिक घोषणा गरेको हो ।

स्वतन्त्र उमेद्वारी घोषणा कार्यक्रम मार्फत नै देशका ७५३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको घोषणा गरिनुका साथै अभियान मार्फत १ हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको जानकारी पनि दिईएको छ । जसमध्य प्रदेश १ मा २ सय ४७ जना, मधेश प्रदेशमा ३ सय ९ जना बागमती प्रदेशमा ४ तथा गण्डकी प्रदेशमा २ सय ८६ जना,लुम्बिनीमा २६५, कर्णाली प्रदेशमा १सय ८८ र सुदूरपश्चिम प्रदेशमा २ सय ३९ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

स्वतन्त्र उमेद्वार बन्न चाहनेहरुका लागि फारमको व्यवस्था गरेको अभियान मार्फत देशभरबाट ४ हजार ६ सय ५७ जनाले उम्मेदवारी हुने इच्छा सहितको फारम भरेको बताईएको छ ।

नागरिक समाजका अगुवा डा. बिरेन्द्र झापाली, बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष, लेखक तथा कानुनविद् स्वागत नेपाल, ब्लु डाईमण्ड सोसाईटीकी अध्यक्ष पिङ्की गुरुङ, मधेशी नागरिक समाजका अगुवा गणेश कुमार मण्डल, अग्रज एमाले राजनितीज्ञ तथा समाजसेवी बद्री खतिवडा मुख्य अतिथी रहेको कार्यक्रममा वक्ताहरुले देशका विभिन्न राजनितिक कालखण्डको समिक्षा सहित वर्तमान अस्थिरताका कारण सृजित समस्या र चुनौतिबारे आफ्ना धारणा राखेका थिए ।

 

स्थानीय तह दलीय राजनीति मुक्त हुनुपर्छ भन्ने मुल उदेश्य सहित सुरु गरिएको राष्टिय स्वतन्त्र उम्मेदवारी अभियानमा परिवर्तनकारी युवा समुहको पनि उत्साहजनक सहभागिता रहेको छ । स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि भएका नैतिक र इमान्दार जो कोही पनि यो अभियानमा जोडिन सक्ने तथा स्थानीय तह भ्रष्टाचार मुक्त हुनुपर्ने, जनताका दैनिक आवश्यकता पूरा गर्नुपर्ने, विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्ने र जनता सेवामा समर्पित हुनुपर्ने उद्देश्य अभियानको रहेको छ ।

चुनावमा हुने करडौं रकम बचाउन पत्रकार सम्मेलन समेत सडकमा गर्नुपर्ने उदाहरण पेस गरेको अभियानले ६३ विज्ञलाई निर्वाचन संम्बद्ध ११ प्रश्न र तिनबाट प्राप्त जवाफबारे पनि उल्लेख गरेको छ जसमा अधिकाशंले स्थानिय सरकार दल मुक्त हुनुपर्ने धाराणा राखेका छन् भने अभियान समुहले गरेको सर्वेक्षणमा समेत चुनावमा बढेको खर्चका कारण नेपालमा भ्रष्टचार बढेको निष्कर्ष निकालेको छ ।

प्रभावकारी ढंगले अघि बढिरहेको अभियानले ३ तह मार्फत आफ्ना एजेन्डा जनता समक्ष लैजाने छ । जस अन्तरगत पहिलो तहमा सल्लाकारहरु रहने छन्, जसमा स्थानिय सरकार संचालन, पूर्वाधार शिक्षा स्वास्थ्य लगायतका बिबिधि क्षेत्रमा रहेका बिज्ञ समुह रहने छन् ।

त्यस्तै दोस्रो तहमा कार्यकारी समिती रहने छ, जसले उमेद्वार र अन्य संयन्त्र जस्तै संघ संस्था, संचार माध्यम बिचको पुलका रुपमा व्वस्थापनको काम गर्ने छ भने तेस्रो तहमा कर्मचारी तथा स्वयंसेवक रहने छन् । जसले स्थानिय बिभिन्न तहसंग समन्वय गरेर अभियानलाई सघाउने छन् ।

TOP