Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

सितलहरबाट प्रभावितलाई जनजागरणको न्यानो ब्याङकेट

नेपालगन्ज २१ माघ

बाँकेको खजुरामा रहेको जन जागरण समाजले चिसो सितलहरबाट पिडा भोग्न बाध्य समुदायहरुलाई न्यानो ब्याङकेट प्रदान गरेको छ । जनजागरण समाजले अल्पसङख्यक, विपन्न तथा पछारी परेका समुदाय जो चिसोबाट समस्यामा परेका थिए उनिहरुलाई केहि भएपनि राहत दिन ब्याङकेट प्रदान गरेको हो ।

समाजले चुजि फाउण्डेसन ताइवानको सहयोगमा सितलहरबाट अति प्रभावित समुदायलाई सहयोग गरेको हो । खजुरा र जानकीका दुई सय घरपरिवारलाई चुजि फाउण्डेसन ताइवानको सहयोगमा न्यानो ब्याङकेट वितरण गरिएको जनजागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिनुभयो ।

जानकी गाउँपालिका इन्द्रपुरमा बसोबास गर्दै आएका अल्पसङख्यक समुदाय कुछबन्धिया र खजुरामा विपन्न, अपाङ्गता भएका, बृद्ध लगाएतलाई ब्याङकेट प्रदान गरेका छन । केहि दिन अघि देखी परेको सितलहरका कारण आर्थिक अवस्था कमजोर हुने समुदायहरु थप प्रभावित बनेका छन । घरमा साझ विहानको जोहो गर्न मुस्किल पर्ने समुदायका लागी राम्रो लगाउन र सुत्ने स्थान सुरक्षित बनाउन हम्मे हम्मे परिरहेको हुन्छ ।

आर्थिक अवस्थाले विपन्न परिवारहरु अझै पनि चिसोको बेला भुईमा पराल विछ्याएर रात काट्ने गरेका छन । जसले गर्दा चिसोबाट हुने समस्या उनिहरुको परिवारमा अधिक देखिने गरेको छ । यस्तो बेला जन जागरण समाजले गरेको सहयोग उनिहरुको लागी राहत बनेको छ । प्रदान गरिएको ब्याङकेट पनि चुजि फाउण्डेसनले ताइवान बाट पठाएका हुन ।

TOP