संदेश उप्रेतीको तिहारमा कोशेली : सप्तरंगी टिका अनि मखमली माला
नेपालीहरुको पावन पर्व दिपावलीको अवसरमा यस पटक पनि अमेरिकाको टेक्ससमा सप्तरंगी टिका र मखमली माला निशुल्क उपलब्ध गराईने भएको छ । युवा व्यवसायी तथा समाजसेवी सन्देश उप्रेतीले विगत ४ बर्ष देखी वितरण हुँदै आएको तिहार बिशेष भाईटिका सामग्री मखमली माला र सप्तरंगी टिका यस बर्ष टेक्ससको अभिङबाट वितरण गरिने हुने भएको हो ।
उप्रेतीका अनुसार अमेरिकामा रहेका प्राय सबै नेपालीहरुले हार्दिकता पूर्वक मनाउँदै आएको तिहार पर्व मुलत भाईटिका संग महत्व राख्ने पर्व हो । फरक धर्म र संस्कार बोकेको अमेरिकामा धेरै नेपालीलाई भाईटिका सामग्री र त्यसमा पनि मखमली फूलकै माला प्राप्त गर्न गाह्रो परिरहेको हुन्छ । यहि समस्यालाई ध्यानमा राखी हरेक बर्ष मुख्य भाईटिका सामग्री सप्तरंगी टिका र मखमली फूलको माला वितरण गरिंदै आएको जनाएका छन्।
युवा व्यवसायी तथा समाजसेबी सन्देश उप्रेतीद्वारा निशुल्क उपलब्ध गराईन लागेको भाईटिका सामग्री सुरुमा नै सम्पर्क गर्ने ५०० जनालाई निशुल्क वितरण गराईने छ ।
उप्रेतीका अनुसार अमेरिकामा मुख्य रुपमा अध्ययनको लागि अमेरिका आएका विद्यार्थीलाई टिका र मालाको समस्या पर्ने गरेको पाईन्छ । बिद्यार्थी लक्षित वितरणलाई ध्यानमा राखि यस बर्ष पनि सुरुमा सम्पर्क गर्ने ५ सय जनालाई निशुल्क टिका र मखमली माला उपलब्ध गराईने छ ।
नेपाली साँस्कृतिक पर्वलाई उल्लासमय रुपमा मनाउन चाहेर पनि अर्कै धर्म संस्कृति बोकेको देशलाई कर्मक्षेत्र बनाइरहेका नेपालीहरुका लागि सप्तरंगी टिका र मखमली माला सहज रुपमा उपलब्ध हुन नसकेका अघिल्ला बर्षहरुलाई ध्यानमा राखी ४ बर्ष पहिले यस कार्यको सुरुबात गरिएको थियो । संख्यात्मक हिसावले नेपाली वाहुल्यता बढ्दै गएकाले त्यसपछिका बर्षहरुमा भाईटिका र मखमली माला पनि थप गरिदैं आएको छ ।
टेक्ससको अर्भिङ्गमा ‘मोमो स्पोट’ नामक रेष्टुरेण्ट संचालन गर्दै आएका उप्रेतीका अनुसार अमेरिकामा तथा टेक्ससमा रहेका सबै नेपालीले तिहार मनाउन पाउन् भन्ने मुख्य उदेश्यका साथ सुरु गरिएको यस टिका माला वितरण यस पटक सोही रेस्टुरेण्ट (मोमो स्पोट)बाट हुने छ । तिहार पर्व आत्मियता र सद्भावको प्रतिक पर्व भएकाले फूल र मालाको समस्या रहेका नेपालीहरुलाइ चाँडो सम्पर्क गर्न पनि उप्रेतीले अनुरोध गरेका छन् ।
सम्पर्क नम्बर : 408-772-0231
उपलध हुने स्थान: MOMO SPOT [ 3635 N Belt Line Rd, Irving, TX 75062 ]