प्रधानमन्त्री भए लगत्तै देउवा र अमेरिकी राजदुत बेरी बिच भेटवार्ता
मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नव नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले राजदुत बेरीसंग बुढानिलकण्डस्थित आफ्नै निजी निवासमा भेटेका हुन् ।
राजदुत बेरीले प्रधानमन्त्री देउवालाई बधाई साथै शुभकामना दिनुका साथै नेपाल अमेरिका सकारात्मक सम्बन्धबारे आफ्ना धारणा राखेका थिए भने प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बिषयमा बेरीसंग छलफल गरेको बताईएको छ ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएका देउवा प्रधानमन्त्री भए लगत्तै अमेरिकी राजदुत वेरीसंग गरिएको यो भेटवार्ता अघि सोही दिन नै राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत देउवालाई बधाई दिएका थिए ।
तस्विर स्रोत: अमेरिकी दुतावास