Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

सामाजिक संजालमा भाईरल सन्तोषीको दक्षिणकाली जंगलमा विभत्स हत्या
सामाजिक संजालमा केही बर्ष पहिले भाईरल बनेकी एक युवतीको विभत्स हत्या भएको छ । बिभिन्न पशु पंक्षिको आवाज निकालेर भाईरल बनेकी सन्तोषी सुब्वाको शव आज दक्षिणकालीको जंगलमा फेला परेको हो ।
२७ बर्षिया सुब्बाको शव दक्षिणकाली मन्दिर परिषरको एक प्रयोगविहिन शौचालयमा फेला परेको हो । बलत्कार गरेर अनुहार ढुंगाले किचेको अवस्थामा फेला परेकी उनको घाँटी कसेर मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छातिका दुईवटा हड्डी भाचिंएको र पेटका जोडले हान्दा आन्द्राहरु सुन्निएको अवस्थामा भेटिएको उनको योनागंमा निलडाम देखिएकाले बलत्कार पछि हत्या गरिएको खुल्नमा आएको छ ।
आज भन्दा १८ बर्ष पहिले चावेलको सडमा एक्लै डुलिरहेको देखेपछि ९ बर्षकी उनलाई साईकलमा चप्पल बेच्दै हिड्ने धनबहादुर तामाङले । धर्मपुत्रीका रुपमा आफुसंगै राखेर हुर्काएका थिए । २ बर्ष पहिले पशुपंक्षीको आवाज निकाल्न सक्ने प्रतिभावान युवती भन्दै तात्तातो खबरका भाग्य न्यौपाने लगायतकेही युटुवले उनलाई सार्वजनिक गरेका थिए ।
यूटुवमा भाईरल भएपछि उनि मोवाईल र बाहिरी संसारमा रमाउन थालेको देखिन्छ । उनलाई हुर्काउने पिता धनवहादुर अहिले पनि चप्पल बेच्दै हिड्छन् पछिल्लो समय उनले घरमा खाना बनाउने र बस्ने समेत गर्न छोडेको धनवहादुरले प्रहरीलाई बताएका छन् ।
असार ५ गते घरबाट हिँडेकी उनले सो दिन दिउँसो भोली अर्थात ६ गते घर आउने बताएकी भएपनि उनि सो रात फर्पिगंकै गेष्ट हाउसमा बसेर ६ गते दक्षिणकाली पुगेको अनुसन्धानमा खुलेको छ । यतिवेला त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको सम्पूर्ण पोष्ट मार्टमा रिपोर्ट आउन बाँकी नै छ ।
घटनास्थलको प्रकृती हेर्दा सौचालय बाहिर नै उनको हत्या भएको देखिन्छ । सौचालय अगाडी रगतका ठुला ठुला धव्बा साथै पहेंलो रंगका चुराहरु फुटेका छन् भने शौचालय भन्दा केही पर उनको भित्री बस्त्र पेन्टी फेला परेको छ र नजिकै पुरुषको एउटा पेन्टी पनि फेला परेको छ ।

TOP