Trending

आदरणीय अमेरिकाबासी समस्त गैर आवासीय नेपालीमा सादर नमस्कार ।

हामी अमेरिकाबासी गैर आवासीय नेपाली सबैको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि नया कार्यसमिति निर्वाचित गराउन मतदाता बन्न योग्य सदस्य बन्ने, नविकरण गर्ने र आजिवन सदस्यता आवेदन दिने समय भोली (सोमबार) राती (अमेरिकाको पूर्वीय समय अनुसार भोली सोमवार राती ११ वजेर ५९ मिनेट) सम्म रहेकाले सदस्यता लिइ नसक्नुभएकाहरुलाई आवेदनको निम्ति विशेष अनुरोध गर्दछु ।

तपाईहरुको सबैको सक्रिय सहभागिताका कारण मेम्बर सिप ड्राइभ निकै उत्साहप्रद रुपमा अघि बढेको छ । निरन्तर सदस्य बन्न सकिने भएपनि अहिले मेम्बर सिप ड्राइभको अभियाननै चलाएर संघले सदस्य विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको छ । अव करिव २४ घण्टाको समय बाकी रहेकाले सदस्य बन्नका लागि नवनिसक्नुभएकाहरुलाई विशेष आग्रह गर्न चाहन्छु । निरन्तर सहयोग गरिरहनुभएका संचारमाध्यम एवं संचारकर्मीहरुलाई पनि धन्यवाद सहीत सूचना सम्प्रेषण गरी सहयोग गरिदिनु हुनका अनुरोध गर्दछु । अभियानमा निरन्तर खटिरहनुभएकाप्रति सम्मान व्यक्त गर्दै अवको २४ घण्टा अझ सक्रियता देखाउनको निम्ति अपिल गर्न चाहन्छु ।

सदस्य बन्ने क्रममा केही प्राविधिक जटिलता आए संघको वर्तमान कार्यसमिति, सदस्यता भेरिफिकेशन कमिटि, आइटी कमिटि र सुपरभिजन कमिटिसग सम्पर्क राख्नका लागि अनुरोध समेत गर्दछु । तपाईहरु सदस्य बन्ने क्रममा सहजता प्रदान गर्ने हेतु हामीहरु निरन्तर सम्पर्कमै रहेको र आवश्यक सहयोग रहने पनि जानकारी गराउन चाहन्छु । प्राविधिक रुपमा कुनै जटिलता नहोस् भनेर विशेष सावधानी अपनाइएको भएपनि प्रविधि हो केही समस्या आउन सक्छ यदि त्यस्तो छ भने सम्पर्क गरी समस्या बताएर समस्या सुल्झाउनका लागि हामीलाई सहयोग गर्न पनि म सबैमा अनुरोध गर्दछु ।

तपाईहरुले IT@NRNUSA.ORG, VERIFICATION@NRNUSA.ORG, INFO@NRNUSA.ORG , MEMBERSHIP@NRNUSA.ORG इमेल र 844-676-2872 (एक्सटेन्सन २) फोनमा कल गर्न सक्नुहुनेछ ।

 

तपाईहरुको निरन्तरको सहयोगका लागि धन्यवाद । जय एनआरएनए । जय एनआरएनए,अमेरिका ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका

TOP