हरेका पार्टीमा ट्रेड युनियनलाई लिएर डिवेट चलिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पार्टीमाट्रेड युनियन चाहिँन्छ कि चाहिँदैन् ?भन्ने डिवेट चलिरहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको ५ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले संघिय निजामती ऐनको अन्तिम चरणमा जाने क्रममा हरेक पार्टीमा राजनीतिकविभेद चलिरहेको बताए । ‘एउटा डिवेटअहिले पनि चलिरहेको छ । यो कर्मचारिहरुको ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन् ?अहिले सरकारमापनि हामी संघिय निजामती ऐनको अन्तिम चरणमा जाने क्रममा हरेक पार्टी पिच्छे राजनीतिक विभेद चलिरहेको छ। ’ नेपालको राजनीति परिवर्तनको आन्दोलनमाटे«ड युनियनका कर्मचारिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले अहिले पनि परिवर्तनको विरुद्ध चलखेल भईरहेको बताएका छन् ।