किराँत राई सोसाईटी अफ अमेरिका टेक्सस च्याप्टरले शनिवार ‘पारुहाङ्ग साँझ’को आयोजना गर्दै
किराँत राई सोसाईटी अफ अमेरिकाको टेक्सस च्याप्टरले पारुहाङ्ग साँझको आयोजना गर्ने भएको छ । किराँत धर्म संस्कृतिको प्राचिन आस्थासंग जोडिएको पारुहाङ विषेश साँस्कृतिक साँझको नमुना स्वरुप यहि डिसेम्बर १० तारिक शनिबार टेक्ससको अर्भिङ्ग स्थित करि लिफ रेस्टुरेन्टमा पहिलो पटक पारुहाङ्ग साँझको आयोजना हुने भएको हो ।
‘आजको आवश्यकता, माङखिम निर्माण र बन्धुत्वको एकता’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रम डिसेम्बर १० तारिक शनिवार दिउँसो १ बजे अगावै सुरु हुनेछ ।
किराँत संस्कृति झल्कने भेषभूषा सहितको यस कार्यक्रममा पारुहाङ्ग विषयक महत्वपूर्ण जानकारी साथै माङखिमको निर्माणको आवश्यकता माथी पनि प्रकास पारिनुका साथै किराँत संस्कृतिका नृत्य तथा संगीतको फरक मिठास प्रस्तुत हुने आयोजक टिमले बताएको छ ।