Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

एनआरएनए आईसीसीको वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । एनआरएनले आगामि अक्टोवरमा हुने साधारणसभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सोमवार सार्वजनिक गरेको हो ।

एनआरएनएको अक्टोवर ११- १३ तारिख सम्म हुने वार्षिक साधारणसभामा महासचिव गौरीराज जोशीले प्रस्तुत गर्ने तयारी रहेको यस प्रतिवेदनमा १६ बुँदे कार्य प्रगती विवरण प्रस्तुत गरिएको छ । जस अन्तरगतको प्रगति विवरणमा मुख्य रुपमा वैठक, क्षेत्रीय बैठक, राजनीतिक दलका नेताहरुसंगको भेटघाट, सेमेनार, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सामग्री हस्तान्तरण लगायतका मुख्य शिर्षकलाई प्रमुख उपलब्धिको रुपमा समावेश गरिएको छ ।

संघका गतिविधी भन्दा कार्यकारी अध्यक्ष कुल आचार्यको सक्रियतामा भएका गतिविधिहरुका समावेश सार्वजनिक विवरणमा केही महत्वपूर्ण बिषय र शिर्षकका बारेमा भने उल्लेख छैन जसमा अमेरिका लगायत दर्जन भन्दा बढी देशमा रहेको विवाद समाधान, सल्लाहाकार, संरक्षक, आइसीसी सदस्य मनोनित हुन नसक्नुको कारण लगायतका शिर्षकलाई ओझेलमा राखिएको छ ।

अविभावकिय हैसियतमा रहेपनि एनआरएनए आईसीसीले आफुलाई आम सदस्यसामु चित्तबुझ्दो पारदर्शिता पेस गर्न नसक्दा संघ पटक पटक आलोचित समेत बन्दै आईरहेको छ । शिर्ष बिषयलाई स्पष्ट पेस गर्न नसक्दा अग्र स्थानमा रहेका एनसीसीमा समेत बलियो मापदण्ड निर्माण हुन सकेको छैन । विवाद र विरोधको चौघेरोबाट बाहिरन नसकेका कारण संघ मातहतका एनसीसीले समेत कयौं महत्वपूर्ण विषयलाई पटक पटक नजर अन्दाज गर्ने संस्कार हावि भएको छ ।

TOP