Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अफगानिस्तानको शक्तिशाली भुकम्पमा ज्यान गुमानेको संख्या ९ सय २० पुग्यो – हजारौं घाईते

अफगानिस्तानमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ सय २० भन्दा माथी पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आज बिहान गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय ५० बाट बढेर कम्तिमा ९ सय २० पुगेको हो ।

हजारौं मानिस घाईते भएको यस भूकम्पमा घरले किचेका धेरै शवहरु फेला परिरहेका छन् । त्यस कारण पनि प्रारम्भिक चरण दिईएको मृतकको विवरण बढेर झण्डै हजारको संख्यामा मृतकको संख्या थपिएको नयाँ जानकारी सार्वजनिक भएको हो ।

मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको यस भुकम्पको दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको बताईएको छ । जस कारण भुकम्पको धक्का अफगानिस्तान सहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको थियो ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भै रहेको बताएका छन् । भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचर र हेलिकप्टर मार्फत अस्पताल लगिएको छ । यस भुकम्पका बारेमा तालिबान नेता हिबतुल्लाह अखुन्जादाले पनि जानकारी दिएका छन् । अखुन्जादाका अनुसार सो क्षेत्रका सयौँ घर भत्किएकाले मृतकको संख्या बढ्ने सक्ने देखिन्छ ।

Afghanistan Earthquake

(एजेन्सी)

TOP