Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

साफ च्याम्पियनसिप २०२३ः नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत

साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । साविक उपविजेता नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत परेका छन् ।
बुधबार भारतमा आयोजित साफ च्याम्पियनसिप २०२३ को ड्र निकाल्ने क्रममा नेपाल समूह ‘ए’मा परेको छ ।

भारतको बेंगलोरमा आगामी असार ६ देखि १८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा साविक विजेता भारत र आमन्त्रिक कुवेत रहेका छन् । नेपालको समूहमा पाकिस्तान पनि रहेको छ ।

प्रतियोगिताको समूह ‘बी’ लेबनानसँगै माल्द्धिभ्स, भुटान र बंगलादेश छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसिपमा भाग लिएको छैन् ।
च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित विदेशी टोलीकोरुपमा पहिलो पटक समावेश गरिएको छ ।
साफ मुलुकको फुटबल स्तरोन्नतिका लागि यस्तो थालनी गरिएको हो ।

यस अघि बंगलादेशमा आयोजित महिला फुटबलमा आमन्त्रित विदेशी टोलीकोरुपमा रुसलाई सहभागी गराइएको थियो ।

 

 

TOP