Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

सडक तथा चोकमा विज्ञापनका लागि अनुमति लिन महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई विज्ञापनका लागि अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।महानगरपालिकाभित्रका सडक तथा चोकमा विज्ञापन गर्न महानगरपालिकाको अनुमति लिनुपर्छ ।

बिहीवार महानगरपालिकाले सूचना प्रकाशित गर्दै काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र प्रक्रिया पूरा गरी सम्बन्धित कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन डिजिटल बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामाग्री नष्ट भए महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै, बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर तथा जग्गाधनीबाट असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

TOP