Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

निफमा ऐना झ्यालको पुतलीलाई ४ अवार्ड, वेष्ट एक्टरको अवार्ड प्रकाशबाट नायक प्रदिपलाई

काठमाडौं । ऐना झ्यालको पुतलीले काठमाडौंमा जारी छौटौं अन्तराष्ट्रिय फिल्म फेस्टिवल (निफ)मा सर्वाधिकचार विधामा अवार्ड जितेको छ । सोमबार सम्पन्ननिफमा ऐना झ्यालको पुतलीले, वेष्ट सिनेम्याटोग्राफी सहित स्क्रिन प्ले, वेष्ट डिरेक्टर, वेष्ट चाइल्ड आर्टिष्टमा अवार्ड जितेको हो । महोत्सवमा सुजित बिडारीद्वारा लिखित ऐना झ्यालको पुतलीबाट बिडारीले नै नेशनलतर्फ वेष्ट डिरेक्टरको अवार्ड थापे । बालकलाकार दिनेश खत्रीले बेस्ट चाइल्ड एक्टर अवार्ड पाएभने बेस्ट सिनेम्याटोग्राफि र वेष्ट स्क्रिन प्ले राईटरको अवार्ड पनि ऐना झ्यालको पुतलीले हातपार्यो । त्यस्तै नेपाली चलचित्र प्रकाशले तीन विधामा अवार्ड जितेको छ । वेष्ट एक्टर, वेष्ट फिमेल एक्टर, वेष्ट डिरेक्टर अवार्ड जितेको हो । वेष्ट एक्टरको अवार्ड चलचित्र प्रकाशबाट नायक प्रदिप खड्का र वेष्ट फिमेल एक्टरको अवार्ड सोही चलचित्रबाट दिया मास्केले प्राप्त गरिन् । त्यस्तै, वेष्ट स्क्रिप्टको अवार्ड पनि चलचित्र प्रकाशले जितेको छ । वेष्ट स्क्रिप्ट राइटरको अवार्ड लेखक विकास सुवेदीले जितेका हुन् ।

त्यस्तै वेष्ट नेशनल सर्ट फिल्मको अवार्ड जुनकोले पाएको छ । तीनवटा स्पेसल मेन्सन जुरी अवार्ड मध्ये सेक्रेट्स अफ राधाले एउटा जित्यो । समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म र फिल्मकर्मिलाई विभिन्न १४ विधामादिइने अवार्ड, तीनओटा स्पेसल फिल्मलाई थपेर १७ वटा विभिन्नफिल्मतथा डकुमेन्ट्री फिल्मलाई अवार्ड प्रदान गरेको छ । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएकाथिए ।

TOP