नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कारोवारमा सहजताआएको बताएका छन । कोषको ३३ औं वार्षिकोत्सवकार्यक्रममाबोल्दै उनले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिदाँगल्तीको सम्भावनाकमभएको बताए। त्यस्तै कार्यक्रममा कोष संचालक समितिकाअध्यक्षप्रा.डा.सूर्य बहादु थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ ः कार्य गरिरहेको बताए। उनले भोलिको दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमालगानीलाईविस्तार गर्दै लैजानुपर्नेबताए ।
त्यसैगरी शुभकामना सन्देश दिदैँ कोषकाकार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमाउक्तअवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए । उनले कोषमा सहभागीहुने सम्भावनाभएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिनदायित्वहरुलाई व्यवस्थापनगर्न,सेवाग्राहीको नजिकपुग्ने उद्धेश्यले काठमाडौं उपत्यकाबाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमाशाखाकार्यालय संचालनगरिसकिएको जानकारी पनिदिएका छन् ।