Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

पत्रकार सम्मेलनमै रोए पुर्वमन्त्री न्यौपाने (फोटो फिचर)

काठमाडौं । पूर्व समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, पत्रकार सम्मलेनमै धुरु धुरु रोएका छन् ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटी मण्डपको जग्गा भाडामा दिने सम्बन्धमा विशेष अदालतले गरेको फैसाला प्रति असहमति राख्दै आफुले कुनै गल्ति नगरेको भन्दै धुरु धुरु रोएका हुन् । उनले भने ‘मेरो घर जग्गा हेरियोस्, बैंक व्यालेन्स हेरियोस्, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हेरियोस् केही पाइएमा आफु सजाय भोग्न तयार छु तर म देशभक्त नागरिक माथि किन यस्तो ?’

पत्रकार सम्मेलनमा उनले अदालतको आदेश कानून, प्रमाण अनुरुप नभई अन्यायपूर्ण र विबेक हिन भएको आरोप लगाए ।पत्रकार सम्मेलनमा उनी आफुले विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोएका छन् । यस अघि विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदाभएको भ्रष्टाचारमा प्रमुख दोषी ठहरगर्दै पूर्व समाज कल्याणमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको थियो। कैदसंगै उनलाई २ करोड रुपैयाँबिगो र ४३ लाख रुपैयाँ जरिवाना समेत तोकेको छ। विशेष अदालतले फागुन १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

समाज कल्याण परिषद्को भृकुटीमण्डप स्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र टेक बहादुर गुरुङसहितलाई मुद्दा दायर गरेको थियो।विशेषले पाँचजनालाई सफाइदिँदै नौ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएकाथिए । न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाज कल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनीजग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।

TOP