Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

टेक्सस निवासी समाजसेवी तथा युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक

टेक्सस निवासी समाजसेवी तथा युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक

अमेरिकाको टेक्सस निवासी समाजसेवी तथा युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेललाई पितृशोक परेको छ । पौडेलका ८६ वर्षीय पिता प्रेमप्रसाद पौडेलको बुधबार चितवनस्थित आफ्नै निवासमा निधन भएको हो ।

चितवनको रत्ननगर–१०. निपनी घर भई लामो समयदेखी अमेरिकाको टेक्सस बस्दै आएका सिटी काउन्सिल मेम्बर पौडेलका पिताको हिन्दु परम्परा अनुसार बुधबार बेलुका चितवनको देवघाटमा दाहसंस्कार गरिएको छ ।

बुबाको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएकाले पौडेल हेरविचारका लागि केहि दिन पहिले नेपाल गएका थिए ।स्वर्गीय प्रेमप्रसाद पौडेलका श्रीमती कौशिका पौडेल छ छोरा र तीन छोरी रहेका छन् । टीका पौडेल माइलो छोरा हुन् ।

पितृशोक परेका पौडेको परिवार प्रति यतिवेला टेक्सस सहित अमेरिकाका विभिन्न राज्यमा रहेका उनि र उनको कर्म निकट व्यक्तीहरुले गहिरो समवेदना सहित दुख व्यक्त गरिरहेका छन् भने सामाजिक र अमेरिकी मुलधारको राजनितमा स्थापित रहेकाले पौडेल र उनको परिवारमा परेको शोकप्रति बिभिन्न देशमा रहेका नेपाली तथा अमेरिकीहरुले धैर्य धारणको शक्ती प्राप्तीको कामना गरिरहेका छन् ।

 

TOP