चर्चित कलाकारहरुको साथमा आईतबार बाल्टिमोरमा सामुहिक देउसी भैलो कार्यक्रम हुँदै

बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) ले चर्चित कलाकारको साथमा तिहार विषेश सामुहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ । बानाले आगामी अक्टोबर २३ तारिकका दिन अमेरिकामा रहेका र नेपालबाट आएका कलाकारहरुको साथमा सामुहिक देउसी भैलो कार्यक्रम गर्ने भएको हो ।

अक्टोबर २३ तारिक आइतबार दिउँ सो ३ बजेबाट सुरु हुने कार्यक्रम साँझ ७ बजे समापन हुने छ । जहाँ तिहास विषेश सेलरोटीका साथमा कलाकार सहितको सामुहिक देउसी भैलोको उल्लास साटिने छ ।

बाल्टिमोर स्थित बानाको आफ्नै कार्यलयमा आयोजना हुने साँगीतिक र साँस्कृतिक यस देउसी भैलो कार्याक्रममा चर्चित गायक प्रेम राजा महत, भगवान भण्डारी, कन्हैया सिंह परियार, शंकर सिंह विष्ट गायिका चाँदनी मल्ल, आभा मुकारुङ, अमृत रमदम, बिराज दमदम, खिम बहादुर मरासिनी, ईशा गुरुङ, माण्डवी भण्डारी, प्रकाश बन्जरा, सम्झना गुरुङ, सपना गुरुङ र सुजन रमदमले आफ्नो प्रस्तुती दिने छन् ।

बानाका अध्यक्ष सुबोध बिलास पन्तका अनुसार सुरुमा नेपाली समुदायका पायक पर्ने घरहरुमै पुगेर देउसी भैलो खेल्ने निर्णय भएको थियो । तर यसो गर्दा कसैको घरमा उपस्थिती त कसैकोमा घर नचिन्दा अनुपस्थित हुनुपर्ने समस्याका कारण कोही पनि नछुटुन् भन्ने उदेश्यले बानाकै कार्यलयमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

पन्तले कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरे। ‘यो विशुद्ध सांस्कृतिक कार्यक्रम हो, नेपालमा हामिले मनाउदै आएको परम्परालाई निरन्तरता दिन खोजेका हौं।’ पन्तले कार्यक्रममा आउदा आफ्ना बालकालिकालाई साथमा ल्याउन आग्रह गरे ।

मेधावी डान्स गु्रपका नेपाली बालबालिकाको समेत आकर्षक सहभागिता रहने यस कार्यक्रम देउसी भैलो खेल्ने नेपाली परम्परागत मौलिक संस्कृतिको संरक्षक र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणको वातावरण सृजनाको लागि आयोजना गरिएको हो जसले सामाजिक रुपमा क्रियाशिल बानाको अक्षयकोष स्थापनार्थ रकम संकलनका रुपमा पनि लिएको छ ।

अमेरिका तथा नेपालमा आउने विपतकालिन अवस्थामा संधै सक्रिय बानाले भविश्यमा भैपरी आउने समस्या समाधानका लागि सहज होस् भन्ने हेतु अक्षयकोष निर्माण गर्न लागेको हो तर कार्यक्रममा सहभागीले दान दिनै पर्छ भन्ने अनिवार्यता भने नभएको अध्यक्ष पन्तले बताएका छन् । स्वईच्छाले दान गर्न चाहनेले मात्र दान गर्न सक्नेछन् ।

सस्कृति संरक्षण, विस्तार र हस्तान्तरणको उदेश्य राखेर आयोजना हुँदै गरेको देउसी भैलो कार्यक्रममा नेपालीहरुलाई बालबालिका  सहितको  पारिवारिक उपस्थितीको लागि अनुरोध गरिएको छ ।  जसले गर्दा घर घरमा नै पुगेर भैलो खेलेको महशुष गर्ने वातावरण पनि बन्न सकोस् ।

TOP