Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना: १४ जनाको मृत्यु

स्याङ्जा, ३० बैसाख: स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा वालिङमा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै १२ जना घाईते भएका हुन् ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेबाट वालिङतर्फ जाँदै गरेको २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खस्दा ठुलो संख्यामा यात्रुको ज्यान जानेगरी दुर्घटना भएको हो ।

मृत्यु भएका १० जनाको सनाखत भै सकेको यस घटनाका घाईतेहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।

निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाई परेको यस घटनामा वडा प्रहरी कार्यालयको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा पुगेर घाईतेहरुको उद्धार गरेका थिए ।

TOP