टेक्सासमा १३ बर्षिय बालकले चलाएको गाडीको ठक्करबाट बालक सहित ९ जनाको मृत्यु
टेक्सास ४ चैत: अमेरिकाको टेक्सासमा १३ बर्षका बालकले चलाएको ट्रकको ठक्करबाट ९ जनाको मृत्यु भएको छ । बालकले चलाएको बसको ठक्कर सहितको आगजनीबाट एकजना गल्फ प्रशिक्षक र उनका ६ जना विद्यार्थी सहित चालक बालक र उनिसंगै रहेका एक पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
ति बालक संगै अर्का ३८ बर्षिय पुरुष पनि रहेको उल्लेख भएको समाचारमा ट्रकले २६ बर्षिय गल्फ प्रशिक्षक टेलर जेम्स र उनका ६ जना प्रशिक्षार्थी सवार भ्यानलाई ठक्कर दिएको थियो । गाडी ठोक्किएपछि उछिट्टिएर आगजनी समेत हुँदा यस घटनाका सबैको मृत्यु भएको हो ।
१४ बर्ष भएपछि मात्र चालक शिक्षाको कक्षा भर्ना हुन पाउने र १५ बर्ष पुगरेपछि मात्र गाडी चलाउन सिक्ने लर्नर लाइसेन्सका लागि आवेदन दिन पाउने प्रवधान रहेको टेक्सासमा १३ बर्षका बालकले गाडी चलाउनु गैर कानुनी हो । त्यसमाथी उनि सहित ९ जनाको मृत्यु भएपछि उनले गाडी किन र कसको अनुमतीमा चलाए भन्नेबारे अनुसन्धान भै रहेको स्थानिय संचार माध्यमले जनाएका छन् ।
आफ्नो लेन छाडेर अर्को लेनमा रहेको गल्फ प्रशिक्षक सहितका व्यक्ति चढेको भ्यानलाई ठक्कर दिएको थियो । अधिकतम ७५ माइल प्रतिघण्टासम्म गाडी चलाउन पाउने नियम रहेको सो क्षेत्रमा भएको यस दुर्घटना ओभरस्पीडका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।