Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

महिला संयोजक पदमा पराजित उमेद्वार काफ्लेले नै दिईन् सापकोटा प्यानललाई बुँदागत समिक्षा सहितको सुझाव

नेपाली समाज टेक्सासको सम्पन्न निर्वाचनकी एक उमेद्वारले आफ्नो प्यानलको कमजोरी र सुझावलाई बुँदागत समिक्षा गरेकी छन् । कमल सापकोटा प्यानलबाट महिला संयोजक पदमा उमेद्वारी दिएकी प्रिती काफ्लेले आफ्नो प्यानलबाट भएका कमजोरी प्रष्ट्याउँदै सुझाव सहितको निर्वाचन समिक्षा गरेकी हुन् ।

राजेन्द्र वाग्ले प्यानलकी गुञ्जन भण्डारीसंग पराजित काफ्लेले ८ सय ३२ मत प्राप्त गरेकी छन् । संख्यात्मक रुपले हेर्दा काफ्ले भण्डारीसंग २ सय १५ मतान्तरले पराजित भएपनि काफ्लेले प्राप्त गरेको मत तुलनात्मक रुपमा राम्रो मत हो । सापकोटा प्यानलबाट जम्मा ३ जना मात्र निर्वाचित भएको यस पटकको निर्वाचनमा काफ्लेले ५ वटा बुँदामा सापकोटा प्यानलका उमेद्वार पराजित हुनुका कारण सहित सुझाव दिएकी छन् ।

यस्ता छन् प्रिती काफ्लेले सार्वजनिक गरेका बुँदागत समिक्षा

यस नेपाली समाज टेक्सास को डिसेम्बर २६ मा मा भएको चुनावमा सापकोटा समूहको पराजयको समीक्षा गर्दा के देखिंछ भने

१. पर्याप्त गृहकार्य को कमी

२ . हामी यस समूह का उम्मेदवारहरू लाई मार्गनिर्देशन गरने अनुभवी अग्रज नेतृत्व बर्गको भूमिका पनी न्यून देखियो ।

३. संगठनात्मक रूपले हाम्रो समूह सारै फ़ीतलो र कमजोर देखियो ,अधिकांश उम्मेदवारहरु संगठनात्मकरूप ले आगाडी बढ़नु पर्नेमा आफ़नो व्यक्तिगत स्थान र जीत का लागी मात्रै लालायित देखिन्थे।

४.मेरो राजनीतिक र संस्थागत अनुभव अनुसार सापकोटा ९ हाम्रो० गठबंधन संगठनात्मक रूपले नीकै तरल र हामी आफ़ै भीत्र ब्यक्तिवादी चरित्र ,अस्वस्थ प्रतिस्पर्धा ले युक्त देखिन्थ्यो ।

५ . यस नेपाली समाज टेक्सास को चुनावी अनुभव लाई हेर्दा हाम्रा युवा पुस्ताहरु लाई मेरो सानो आग्रह छ ( राजनीति वा अन्य क्षेत्र मा थोरै भए पनी इमान्दारिता र फ़राक़िलो बिचार लियेर अगाड़ी बढ़नुस ढीलो भये पनी सफलता अवश्य मिल्छ ।

(यस निर्वाचनमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूप ले सहयोग गर्नू हूने तथा सम्मानित र बिवेकसिल मतदाता हरूमा मेरो हार्दिक धन्यवाद छ ।)

TOP