Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

आठबिस आगलागी घटनाका दलित परिवारको उपचार गर्न एमाले सांसद श्रेष्ठको माग

नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले गत वैशाख २७ गते दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नम्बर ६ को सामुदायिक वनमा भएको भीषण आगलागीमा परेका दलित समुदायका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छिन ।

आगलागीमा परेर सोही वडाका १२ जना वसुन्धरा विक, नवीन विक, मोतिया विक, नैना विक, प्रकाश विक, पूजा विक, छत्रा विक, जैकला विक र जुन विक आगोमा परि सिकिस्त घाइते भई नेपालगन्जको भेरी अञ्चल र नर्सिङ होम अस्पतालमा उपचार गर्दै गर्दा एक जनाको मृत्यु भएको जानकारी गराइन् ।

उनीहरू मध्ये केहीको कीर्तिपुरको बर्न अस्पतालमा पनि उपचार भइरहेको जानकारी  दिँदै उनीहरू दलित परिवारको रहेको र उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उल्लेख गरिन् । उनीहरू पूर्ण रूपमा निको नहुञ्जेसम्म निःशुल्क उपचारको व्यवस्था गर्न र मृतकको परिवारलाई जीविकोपार्जनको व्यवस्था गराइदिन सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराइन् ।

TOP