भारतको अमरनाथ बाढीमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो: ४० तिर्थयात्री अझै वेपत्ता
भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या कम्तीमा १६ पुगेको छ । शुक्रबार साँझ बादल सहित परेको बर्षले अचानक बाढीमा परेर १६ जनाको ज्यान जानुका साथै ४० भन्दा बढी व्यक्ति बेपत्ता भएका हुन् ।
भारतिय संचार माध्यममा अनुसार सुरुमा मृतकको संख्या ८ जना रहेको भएपनि पछि मृतकको संख्या बढेर १६ जना भन्दा माथी पुगेको हो । साँझको समय भएकाले बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान छ ।
अमरनाथ गुफामा जुन महिनादेखि तीर्थयात्रा सुरु हुने अमरनाथमा यस अघि सन् १९९६ मा पनि हिम पहिरोमा परेर २ सय ५० जनाभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए ।
शुक्रबार साँझबाट नै उद्धार कार्य सुरु गरिएको भएपनि अझै दर्जनौं मानिस पहिरोमा पुरिएर बेपत्ता रहेका छन् ।