Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

अवैध लागूऔषध ओसारपसारमा संलग्न एक युवती सहित १० पक्राउ

काठमाडौं, १६ फागुन:प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीसहित १० जनालाई पक्राउ गरेको छ। कञ्चनपुर, मोरङ, झापा, मकवानपुरलगायतका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीकाअनुसार कञ्चनपुर, बेलौरी नगरपालिका–६ नकैया नाका आमबगैयाबाट करिब १० ग्राम ९१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँ बस्ने २२ वर्षीय बलजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट करिब ५ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–३ बस्ने २२ वर्षीय आकाश लिम्बु र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया संजीता राई रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–०४७ प ५५५३ नम्बरको मोटरसाइकलाई प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका–५ भेटघाट चोक नजिक मेचीखोला बगरबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ सय ४ पिस बिन्डलास विनस्पास्मो फोर्ट लेखिएको क्याप्सुल र नाईट्रोसन १० लेखिएको ट्याब्लेट १ पिस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–३ दोकानडाँडा बस्ने १९ वर्षीय अविषेक श्रेष्ठ र भारत दार्जिलिङ घर भएका २२ वर्षीय अनमोल प्रधान रहेका छन् सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका–६ मेचिपुल छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईलाम माईचोगमाई गाउँपालिका–१ बस्ने २३ वर्षीय जोसेफ थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकड्भिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका थापालाई चाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा बा.३ ००१ च ११४४ नम्बरको गाडीमा लुकाई ल्याएको करिब १० केजी अवैध लागूऔषध गाँजा सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गाडीका चालक भिमफेदी गाउँपालिका–५ बस्ने ३२ वर्षीय सविन रिजाल, सोही गाउँपालिका–८ बस्ने २५ वर्षीय सोमसिङ घलान, ५० वर्षीय संचर सिङ घलान र ६० वर्षीया जुठी माया घलान रहेका छन् । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले भिमभेदीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त गाडीलाई जाँच गर्दा तरकारी मुनि बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

TOP