Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

नेपालगन्ज, रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए । च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन ।

मंगलबार एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष दिर्घबहादुर केसी कुमार, एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारी, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी, एन्फाका पुर्व उपाध्यक्ष गोर्वधनसिंह सम्झना, क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, लेखा प्रमुख मीन जिसी, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह लगायतले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा पुस २४ देखी सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए ।

TOP