नेपाली समाज टेक्ससको सदस्यमा रबिन पाठकः पाठक र उनको कार्यकुशलता

गत आईतबार सम्पन्न नेपाली समाज टेक्ससको निर्वाचनबाट रविन पाठक कार्य समिती सदस्यमा निर्वाचित भएका छन् । प्रभावशाली सामाजिक छवि स्थापित गरेका पाठक एनएसटी निर्वाचन २०२२–२३ मा ९ सय ४७ मत सहित कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।

बुवा प्रोफेसर डा. रामशरण पाठक र आमा बिनिता पाठकको सन्तानको रुपमा जन्मिएका उनि अविभावकको पदचाप पछ्याउँदै समाजसेवाको मार्गमा हिँडेका हुन् । बिबाह पछि समेत उनका सासु ससुरा र श्रीमतीले उनको यो यात्रालाई फराकिलो बन्नमा प्रेरित र सहयोग गर्दै आएका छन् ।
स्थापनाको लामो समय पछि पहिलो पटक प्यानल सहितको निर्वाचन प्रणाली मार्फत गरिएको निर्वाचनमा निर्वाचित सदस्य पाठक चर्चा र पद भन्दा कर्ममा बिश्वास गर्ने युवा हुन् । पुर्खौली घर नुवाकोट भएपनि काठमाडौंमा नै जन्मिएका पाठक नेपाल रहँदाबाट नै समाजसेवामा अग्रसर थिए । थप अध्ययनका लागि बेलायत गएका उनले बेलायतबाट पब्लीक हेल्थमा स्नातकोत्तर गरेका हुन् । बेलायतमा रहँदाबाट नै नेपाली बिद्यार्थी तथा असहज अवस्थामा रहेकाहरुको समस्यामा संधै सेवाभावले तत्पर रहने उनि सन् २०११ मा अमेरिका आए

का हुन् । बेलायतमा देखेका नेपालीका समस्यासंग उनको अमेरिका आएपछि पनि पटक पटक साक्षात्कार भैरहे । जसले उनमा अझ बढी नेपाली समुदायकाप्रति जिम्मेवारी महशुष भयो र पुन सामाजिक कर्मलाई निरन्तरता दिदै अघि बढे ।

बैवाहिक सम्बन्धमा बाँधिएपनि उनले सा

माजिक यात्रा रोकिएन झन् सहज यस कारण बन्यो कि सो समय पाठकका ससुरा गोपाल शर्मा राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यलयमा डिजिएम र सासु तारा शर्माले काठमाडौंमा महिला ससक्तीकरण तालिमहरु संचालन गर्दथे, जसका कारण दुवै परिवारका सदस्यहरुले समाजप्रति हाम्रो कर्तब्य रहने तर्फ उनलाई सम्झाई रहेका हुन्छन् । स्वयं सामाजिक सेवाभाव भएको व्यक्ती र परिवार समेत यहि कुराको पक्षधर हुँदा रविन पाठक देश परदेश जहाँ रहेपनि सामाजिक परिधीभित्र नै रहँदै आएका छन् ।

सन् २०११ मा अमेरिका आए पछि पनि सामाजिक कर्मलाई पूर्णरुपमा निर्वाह गर्न चाहन्थे , यहि शिलशिलामा जोडिएको एनएसटी र एनआरएनए अमेरिकासंगको सहकार्य र आफुले प्राप्त गरेका ज्ञानको बलियो अनुभव सहित आएका उनि नेपाली समाज टेक्सासप्रति पद बाहिर रहेर पनि जिम्मेबार देखिंदै आएका अभियन्ता हुन् ।
हाल टेक्ससासको पार्कल्याण्ड अस्पताल र स्वास्थ्य सेवा प्रणालीमा शिक्षा कार्यक्रम मेनेजरका रुपमा कार्यरत उनि सिकाई प्रबृद्धी र मानव संसोधन [ LEARNING TECHNOLOGIES AND HUMAN RESOURCES ] मा युनिभर्सिटी अफ नर्थ टेक्सासबाट बिद्यावारिधी पिएचडी गर्दै गरेका

 उनकी श्रीमती सृष्टी उप्रेती शर्मा अमेरिकामा मान्यताप्राप्त पब्लिक अकाउन्टेन्ट सिपिए हुन् । उनि यहाँ रहेका व्यवस्थापन संकायका बिद्यार्थीलाई करिअर एड्भाईजरका रुपमा सहयोग गर्दै आएकी छन् ।

रविन पाठक सबै नेपालीहरुको अवस्थामाथी अभियन्ता र नेपाली समाज टेक्सास जिम्मेबार रहनुपर्छ भन्ने ठान्दछन् । टेक्सासका बिभिन्न क्षेत्रमा रहेका नेपाली बिद्यार्थीहरुका आवश्यकता, आईटी स्वास्थ्य, अकाउन्टिगं लगायतका बिषयमा नेपाली बिद्यार्थीलाई जोड्ने, बिबिध कारणले पढाई रोकिएकाहरुलाई पनि पुन सुरु गर्न मद्यत गर्ने, बेरोजगार बिद्यार्थीका लागि रोजगारी सृजना सम्बन्धमा बिभिन्न तालिमहरु आयोजना गर्ने र सम्बन्धीत व्यक्ती र अफिस सम्म पुर्याउन मद्यत गर्ने , उचित मार्गदर्शन प्रदान गर्ने, बिद्यार्थीहरुलाई भेटेर उनिहरुका समस्या समाधानार्थ हासिल ज्ञान र सिपलाई सहि दिशा दिने, जसका कारणले उनिहरुको क्षमता अनुसार मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने लगायतका बिषयमाथी उनि गम्भिर छन् । जसबाट क्षमता अनुसार नेपाली बिद्यार्थी, युवा तथा बिभिन्न शिलशिलामा टेक्सास आएकाहरु व्यवसायिक काम सम्म पुग्न सक्नेछन् ।
टेक्सासमा रहेका पुराना र नयाँ पुस्ता जोड्ने सेतुको भूमिकामा नेपाली समाज टेक्सास रहनु पर्छ भन्ने मान्यता राख्ने पाठक चिकित्सा क्षेत्रका अनुभवी व्यक्ती पनि हुन् । उनको प्रभाव पार्कल्याण्ड अस्पतालका धेरै विभागहरूमा फैलिएको छ । पार्कल्याण्ड अस्पतालमा बिगत ५ बर्ष देखि कार्यरत उनि अस्पतालमा समेत व्यवस्थापन र संगठनात्मक विकासमा टेवा पुर्याउने कर्मचारीका रुपमा चिनिन्छन् । कर्मचारी कम र पेसागत धर्म ज्यादा निर्वाह गर्दै आएका उनि सेवाभाव, विकास शिक्षा कार्यक्रम, तालिम व्यवस्थापन, बजेट तथा वियित्तकार्ययोजना, निर्देशनात्मक भुमिका र परियोजना व्यवस्थापन, प्रक्रिया डिजाइन, कार्य सम्पादन सुधार, सूचना प्रविधि लगायमा निपुर्ण भएकाले पनि अस्पताल प्रसाशनले उनलाई मानविय र सामाजिक सेवाप्रति अत्यन्त जिम्मेवार कर्मचारीका हैसियतमा मुल्याकंन गर्दै आएको पाईन्छ ।
पहिलो पटक निर्वाचन प्रणाली मार्फत निर्वाचित नयाँ कार्यसमिती भित्रका सबै पदाधीकारी बिभिन्न क्षेत्रसंग सम्बन्धित रहेकाले नेपाली समाज टेक्सासको बिकास र बिस्तारमा नव निर्वाचित कार्यसमितीको प्रभाव बलियो देखिने निश्चित छ । एक त युवा वाहुलियता ज्यादा र अर्को सबै निर्वाचित सदस्यहरु आ–आफ्ना क्षेत्रमा प्रभावशाली भएकाले पनि रविन पाठकले भने झै अबको एनएसटी नयाँ र पुराना पुस्ता जोड्ने सेतुका हैसियतमा रहने निश्चित जस्तै छ ।

TOP