Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटघाट

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बीच शिष्टाचार भेटघाट भएको छ । सोमबार मन्त्री भुसालसँग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गरेका हुन् । भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसँग चीनले हालका वर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र सीपबाट आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोग हुने आशा राखेको बताए ।

उनले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरुमध्ये चिया र राँगाको सुकुटी चीन निकासी गर्ने वस्तुको सूची (जिएसीसी) मा राख्नका लागि अनुरोध गरेको र यसमा राजदूत सोङको पहलकदमी महत्वपूर्ण रहेको धारणा राखे । सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यातसम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको जवाफ दिएका थिए । सोङले नेपालबाट चीनमा सुन्तला आयत गर्न तयार रहेको बताउँदै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि आग्रह गरेका थिए । नेपालबाट उच्च गुणस्तरको पशु आहार लैजान चीन सरकार तयार रहेको र  नेपाललाई उच्च नश्लका गाई, भैसी, कुखुरा दिन चीन तयार रहेको राजदूत सोङले प्रतिवद्धता जनाएका थिए ।

TOP