भिवर्सको लोभमा यसरी झुक्काईरहेछन् सामाजिक सञ्जाल प्रयोगकर्ताले
पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ताका कारण बिभिन्न थरी घटना बाहिरिरहेका छन् । यि घटनाहरुको वास्तविकता नबुझी सिधै गाली गलौजमा उत्रने पाठक र दर्शकको संख्या अत्याधिक बढ्दो रहेको पाईन्छ । गाली गलौज यति सम्म तल्लो स्तरका हुन्छन् कि सकारात्मक कमेण्ट गर्नेहरु समेत त्राहिमाम हुनुपर्ने अवस्था छ । किनकी उसका कुरालाई बैचारिक दृष्टीकोण राख्ने भन्दा पनि उसैमाथी खनिने जमातको संख्या पनि बाक्लो रहेको छ । यस्ता घटना पोष्ट गर्ने ब्यक्ती को हो, उसको प्रोफेसन के हो र उ घटनाको कति नजिक छ भन्ने तर्फ अधिकांसको ध्यान गएको पाईंदैन, केवल एक प्रकारको बाद विबाद र बहस चल्ने गर्छ ।
यस्तै एउटा भिडियो क्लिप्स आईतबार देखी भाईरल भएको छ । नोगेन लिम्बु नामका ब्यक्तीले आईतबार राती १० बजेर ४८ मिनेटमा एउटा स्कुटर दुर्घटनामा परेको भिडियो क्लिप्स राखे । उनले भिडियोबारे लेखेको स्ट्याटस यस्तो थियो स्याबास!!! क्यामेरा बोक्ने ‘तपाई’ ज्यु, तपाइँले यसै गर्नुपर्छ।घाइते शरीरको प्रत्येक पाटपुर्जा क्यामेरामा निकाल्नुपर्छ। रगत खेर जाला,एकएक थोपा क्यामेराले खिच्नुहोस।घाइते चिच्याइरहेको छ।चिच्याहट खेर जाला,क्यामेरामा तुरुन्त रेकर्ड गर्नोस।
यति लेखेर पोष्ट गर्नु मात्र के थियो भिवरहरुका गाली गलौज सुरु भए । क्यामेरामेन माथी अत्यन्त निम्न र तल्लो स्तरका लागि गरिरहेका उनिहरुलाई यी घाईते र क्यामेरा मेन को हुन् अझै पत्तो छैन । केही ब्यक्तीले सुटिङ हो की भनिसक्दा सम्म अझै पनि दर्शकले भिडियोको प्रकृतीमाथी ध्यान दिनुको साटो एकोहोरो गाली गरिरहेका छन् ।
अव जाउँ यो भिडियोको वास्तविकता तिर
यि भए भरका गाली खाईरहेका क्यामेरामेन दिपक गीरी हुन् । जो पछिल्लो समय म्युजिक भिडियो छायांकनमा ब्यस्त सिनेमाटोग्राफरका रुपमा रहेका छन् र यि स्कुटर दुर्घटनामा परेर घाईते देखिएका ब्यक्ती जसप्रति साहानुभुतीको ओहिरो लागेको छ उनि हुन् कलाकार नविन गीरी ।
आईतबार साँझ करिव ५ बजेको समयमा काठमाडौंको अनामनगरमा छायांकन गरिएको यस म्युजिक भिडियोका निर्देशक मुनाल शिशिर कोईराला हुन् । जो लामो समयदेखी ब्यवसायि निर्देशकका रुपमा परिचित छन् । यो गीत अमेरिका निवासी गीतकार तथा संगीतकार बसन्त लम्सालले रचना र संगीत भरेका हुन् भने गीतमा प्रविण भेटवालको स्वर रहेको छ ।
उता चाँडै नै बजारमा आउने तयारीमा रहेको यस गीतको सम्पादन अर्जुन पोखरेलले गरिरहेका छन् । यता गीतको भिडियोको छोटो अंश भाईरल भै सकेको छ । त्यो पनि मानविय संवेदनका सवाल जवाफका साथ ।
गीतको छायांकन सकिएको साँझ ८ बजेर २१ मिनेटमा निर्देशक मुनाल शिरिरले आफ्नो फेसबुकमा यसका बारेमा जानकारी दिएका छन् । ‘यसलाई पर्दा उसले हेथ्र्यो’ बोलको यो गीत Young minds Entertainment ब्यानरमा निर्माण भएको हो । संभवत यहि युटुव च्यानल मार्फत भिडियो सहित केही दिनमा सार्वजनिक हुँदैछ । भिडियो क्लिप्स सार्वजनिक गरेका नोगेन लिम्बुले यो भिडियो मोवाईलबाट खिचेको देखिन्छ । हेर्द भिडियो टाढा बाट लिईएको देखिन्छ जो उति क्लिएर छैन र त्यहाँ रहेका ब्यक्तीहरुको बातचित पनि स्पष्ट सुनिदैन । सुनिएको हुन्थ्यो भने बिचरा छायांकार दिपक गीरीले यदि सम्म गाली खानु पर्ने थिएन । मान्छेको भिडभाड पनि एकदम कम देखिन्छ घटनाको दृश्यमा यसबाट पनि अनुमान लगाउन सक्नु पर्ने हो दर्शकले, कोही ब्यक्ती छट्पटाई रहेछ सडक दुर्घटनामा भने उसलाई किन कसैले उठाएको छैन ?
यति पनि हेक्का भएन यो भिडियो हेर्ने दर्शकलाई कि स्वयं भिडियो खिचेर पोष्ट गर्ने ब्यक्तीले त उनलाई उठाउन जानु पर्ने थियो । यो भिडियो नोगेन लिम्बुले नै खिचेका हुन् या उनले कहिंबाट प्राप्त गरेका हुन् त्यो स्पष्ट नभएपनि खिच्ने ब्यक्ती त उठाउन जानु पर्ने हो नि उ समेत तमासे भएको छ । यस बिषयमा किन कसैको ध्यान गएन ? हामीसंग मन छ यसको मतलव कसैलाई अनाहाकमा गाली नै गर्नुपर्छ भन्ने होईन । यसो हुनुमा दर्शकको पनि सत प्रतिसत गल्ती होईन तर बैचारिक दृष्टीकोण भन्दा संवेदना बेसी देखिन्छ यसमा आएका प्रतिकृया हेर्दा । पछिल्लो समय नयाँ नयाँ प्रकृतिका घटना र बिना प्रावधान एउटा क्यामेरा र मोवाईलका भरमा पत्रकार बनिरहेकाहरुका कारण पनि भ्रमित अवस्था सृजना भै रहेको छ भन्ने यस घटनाले पनि देखाउँछ र अर्को तर्फ भिवर कमाउने दाउमा रहेकाहरुले नियतबस हामीलाई कसरी झुक्काईरहेछन् भन्ने कुरा पनि यस भिडियोले स्पष्ट पारेको छ ।
https://www.facebook.com/103038644782736/videos/2498228443801114/