हिमालयन साईन्स फेस्टिवल जेठ ४ र ५ गते सातै प्रदेशमा हुने
काठमाण्डौं । हिमालयन साईन्स फाउडेण्सनले सातै प्रदेशमा हिमालयन साईन्स फेस्टिवलको आयोजना गर्ने भएको छ । फाउण्डेसनले आउँदो जेठ ४ र ५ गते गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश संस्करण आयोजना गर्न लागेको हो । बिहिवार पत्रकार महासंघ पोखराको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले विश्व समुदायले विज्ञान र प्रविधिको क्षेत्रमा ठुला ठुला आविस्कार र सफलता प्राप्त गरेपनि नेपालमा आवस्यक शिक्षा, अवसर र प्रविधिको अभावले गर्दा विद्यार्थीहरु रुची भएर पनि पछि परेको भन्दै फेस्टिवलको परिकल्पना गरिएको बताएका छन । एक वर्षभित्रमा सातै प्रदेशमा फेस्टिवल गर्ने तयारीमा रहेको बस्नेतले बताए । फेस्टिवलमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन । हरेक प्रदेशबाट ७ टिम छनौट हुने र देशभरिका सहभागीहरुबाट उत्कृष्ट छनौट गरी पुरस्कार समेत वितरण गरिने बस्नेतले जानकारी दिए । कार्यक्रमको उदेश्य देशलाई विज्ञान र प्रविधिको क्षेत्रमा अगाडी बढाउने, विज्ञान र प्रविधिजन्य सिप र साधनहरुलाई विदेश पलायन हुनबाट रोक्ने तथा यस क्षेत्रमा रुची भएका विद्यार्थीहरुलाई अवसरहरु प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
विज्ञान प्रविधिको क्षेत्र अन्य भन्दा खर्चिलो पनि रहेकाले संघ र प्रदेशको यो क्षेत्रमा ध्यानार्कषण हुनुपर्ने र त्यसको लागि संचार जगतको भुमिका अपरिहार्य रहेको भन्दै अध्यक्ष बस्नेतले कार्यक्रम सफलताका लागि आवस्यक सरहयोग गर्न संचारकर्मीहरुलाई आग्रह समेत गरे । नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, विज्ञान शिक्षक समाज ९स्टान०का गण्डकी प्रदेश संयोजक राजकुमार ढकाल र गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक ढाका राम भण्डारीले कार्यक्रम सफल पार्न सहकार्य र सहयोग गर्न आफुहरु तयार रहेको बताएका छन । फाउन्डेसनले सात प्रदेशमध्ये लुम्विनी प्रदेशमा कार्यक्रम सम्पन्न गरीसकेको छ ।