पल शाह प्रकरणको आक्रोस: गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुंगा प्रहार
पल शाह प्रकरणपछि विवादमा आएकी गायिका समीक्षा अधिकारीमाथि कार्यक्रम स्थलमा नै ढुंगा प्रहार भएको छ । साँगीतिक कार्यक्रममा सहभागि हुन संखुवासभाको खाँदबारी पुगेकी अधिकारीलाई खाँदबारी पाङ्ठामा स्टेजमा नै ढुंगा प्रहार भएको हो ।
गीत प्रस्तुत गरिरहेकी उनिमाथी ढुंगा प्रहार हुन थालेपछि कार्यक्रम परिसर तनावग्रस्त भएको थियो । आफुमाथी ढुंगा प्रहार भएपछि गायिका अधिकारीले स्टेजबाट नै आफुलाई यसो नगरिदिन भन्दै उनले राम्रो नराम्रो समयको खेल भएको बताउँदै ढुंगा प्रहार गर्नेहरुलाई कसैको विरोधमा उत्रनुपूर्व आफ्नो घरका दिदी बहिनीलाई पनि सम्झन अनुरोध गरेकी थिईन् ।
गायिका अधिकारीमाथी यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर भै अभिनेता पल शाह काराकार चलान भएपछि नायक शाहका प्रशंसकहरुले समिक्षाको विरोधमा पटक पटक आवाज उठाउँदै आएका छन् ।
सरकारी वकिल कार्यालयले चैत ८ मा तनहुँ जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रका आधारमा पललाई गत चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।
जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका नायक पल विरुद्ध गायिका अधिकारीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि सोही प्रकृतिको जाहेरी दिएपछि अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रकृयालाई अघि बढाएको थियो । नवलपरासीमा पनि पिडित भनिएकी बालिकाको अर्को सोही प्रकारको उजुरी पनि परेपछि शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो ।
टिनएज ग्रुपमा जुनसुकै कारण र प्रलोभनमा पारेर गरिएका यौनजन्य क्रियाकलापअन्तराष्ट्रिय कानुनी मापदण्डले अपराध ठहर गर्दछ । सोही अनुरुप नायक शाहलाई पनि १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।
तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए । फागुनबाट देशको शिर्ष समाचारका रुपमा रहेको यस प्रकरणको २ महिना पछि अर्थात बैसाख पहिलो साता गायिका अधिकारीले बयान फेरेपछि अर्को चर्चामा रहेको यो प्रकरणले नयाँ मोड लिएको थियो ।
नवलपरासी र तनहुँ जिल्ला अदालतमा दुवै ठाउँमा बयान फेरिए पनि शाहलाई दुई वर्ष छ महिना कैद सजाय, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार रुपैयाँ जरिवाना अदालतले फैसला गरेको हो ।
समिक्षले अदालतमा समक्ष शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी थिईन् । पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभाविक व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाहमाथि बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो ।