Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

टेक्ससका सामाजिक अभियन्ता स्व. कमल शर्माको नाममा फउण्डेशन स्थापना

लामो समय अमेरिकाको टेक्सासमा रहेर सामाजिक कर्ममा सक्रिय रहेका स्व. कमल शर्माको नाममा फउण्डेशन स्थापना भएको छ । स्व. शर्माको ४५ दिनको पुण्य तिथीको अवसर पारेर शर्माकी धर्मपत्नी तथा टेक्सस डालस क्षेत्रका सामाजिक अभियन्ताको सहभागितामा कमल शर्मा फाउन्डेशनको स्थापना भएको हो ।

ड्यालसको श्री पशुपती नाथ तथा बुद्ध मन्दिरमा ४५ दिनको कार्य सम्पन्न गरी फाउन्डेशनको विधिवत उद्घाटन गरिएको यस कार्यमा दिवंगत शर्माको स्मृती स्वरुप स्थापित फाउण्डेशन उद्घाटन समेत नेपाली मन्दिरका मुल पण्डित मेघराज निरौलाद्वारा गराईएको थियो ।

स्वास्थ्य सचेतना अभियान तथा दुःखी गरीबलाई सहयोग गर्ने मुल उदेश्यका साथ स्थापना गरिएको फाउन्डेशनले स्व. शर्माको समाजसेवा प्रतिको लगाव र सेवा भावलाई निरन्तर जिवित राख्नका लागि उनको नाममा फाउण्डेशन स्थापना गरेको शर्माकी धर्मपत्नी सरिता शर्माले जानकारी दिएकी छन् ।

अमेरिका बिभिन्न सामाजिक संस्थामा क्रियाशिल शर्माको सामाजिक योगदानको कदर र नेपाली समुदायप्रतिको सपना र लक्ष्यलाई पुरा गर्ने उदेश्यले स्थापना भएको यस फाउण्डेशन असामहिक निधन वरण गरेका स्व. शर्माको अभियानको निरन्तरता रुपमा हेरिएको छ जुन अभियानमा सामाजिक अभियन्ता सामाजिक र आर्थिक रुपमा आवद्ध हुन सक्ने बताईएको छ । जसका शर्माको नाममा लागि बैंक खाता समेत सञ्चालन गरिएको छ ।

सहयोग गर्न चाहनेहरुका लागि

Kamal Sharma foundation
A/c number : 4725305694(PNC Bank)
Zelle transfer: 469 230 0020 ( Sarita Sharma )

TOP