Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नयाँ तथा ग्रामीण शहरीकरण विकासका लागि दीर्घकालीन निती चाहिन्छ – मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकतामा जोड दिएकी छन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनका अवसरमा मन्त्री झाँक्रीले ग्रामीण शहरीकरणले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्नु पर्नेमा जोड दिएकी हुन् ।

नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउँदै उनले दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने तर्फ ध्यानाकर्षण गराउँदै नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले उल्लेखनिय गति लिन नसक्ने बताउँदै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने तर्फ पनि जोड दिएकी छन् ।

सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानु पर्ने सुझाव सहित मन्त्री झांक्रीले पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई आजको संबोधनमा प्रमुख जोड दिएकी छन् ।

TOP