Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाण्डौं, २१ माघ

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगद सहित सम्मान गर्नुभएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्र्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो ।

यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरीसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उहाँलाई आज एक कार्यक्रमकाबिच सम्मान पत्र र नगद पुरस्कार वितरण गरीएको हो ।

TOP