एनसीसी नेतृत्व पदका उम्मेदवार लामिछानेको मिशिगन भ्रमण पनि सफल रुपमा सम्पन्न
गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछानेको मिशिगन राज्यको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न भएको छ । एनसीसी नेतृत्व पदका उमेद्वार लामिछानेले मे १५ शनिवारका दिन मिशिगनबासी आफ्ना मतदाता र समर्थकसंग चुनाव लक्षित भेटघाट गरेका हुन् ।
यस साता अमेरिका ३ राज्यको भ्रमणमा रहेका लामिछानेले शुक्रवार कोलम्बस ओहिओ क्षेत्रमा मतदाता, समर्थक, सामाजिक अभियन्ता र संचारकर्मीसंग औपचारिक भेट तथा छलफल सहित सुझाव संकलन गरेका थिए भने उनि मे १६ आईतबार विस्किन्सिगं राज्यमा सोही प्रकारको कायक्रम सहित जाँदै छन् ।
यस अघि सम्पन्न कार्यक्रममा उपस्थितसबैलाई धन्यवाद ज्ञापन गर्दै आएका लामिछानेले मिसिगनबासी नेपालीहरुप्रति पनि आभार ब्यक्त गरेका छन् । मिशिगन राज्यको कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका हुन्
यस्तो छ कृष्ण लामिछानेद्वारा जारी वक्तब्य
हामी नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको आसन्न २०२१/२३ को लागी हुन गईरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडी बढाउन Michigan मा सम्पन्न भेलामा तपाईहरुले देखाउनु भएको हार्दिक आत्मियता र सद्भावले हामीलाई थप उर्जा र हौसला मिलेको छ।
छोटो समयको सुचना र ब्यस्तताको बिच तपाईहरुसंगको सामिप्यताले हाम्रो यात्राको मार्गलाई फराकिलो बनाएको छ।
धेरै साथीहरु, आमाबुवा, दिदीबहिनी र दाजुभाईलाई भेट्ने चाहानालाई पुरागर्न म फेरी छिट्टै तपाईहरुको शहरमा आउने नै छु। यो भेटघाट र छलफलको क्रममा भेट्न नभ्याएकोमा म पुर्णत क्षमा याचना गर्दै यहॉंहरु सबैका प्रति आभार तथा हार्दिक धन्यवाद ब्यक्त गर्दछु। शुभ रहोस् !!! तपाईहरुको, कृष्ण प्रसाद लामिछाने गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका। आसन्न निर्वाचनको अध्यक्ष पदको प्रत्यासी, डालस टेक्सस। जय एनआरएन !!!