अप्रिल १९ देखि अमेरिकाका सबै वयस्कलाई कोभिड विरुद्धको खोप दिईने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकलाई आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप लगाइने घोषणा गरेका छन् । अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि बाइडेनले मंगलबार यो घोषणा गरेका हुन् ।

यसअघि उहाँले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने घोषणा गरेका थिए । उनकाअनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइ सकिएको छ ।

तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्– हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ।(सिन्ह्वा)

TOP