Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

तीन दिन भित्र सिंहदरबार र शीतल निवासको फोहोर उठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रको फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनमा गत चैत २४ गतेदेखि उक्त क्षेत्रको फोहोर उठाउन छाडिएको थियो ।
संघीय सरकारले आफूहरुसँग कुनै समन्वय नगरेको भन्दै प्रमुख साहले फोहोर नउठाउन निर्देशन दिएपछि संघीय सरकार र महानगरपछि द्वन्द्वको स्थिति सिर्जना भएको थियो ।

TOP