प्रधानमन्त्रीलाई समेत राज्यले नियन्त्रणमा राख्ने कोसिस गरिरहेको छः विप्लव
काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्रीलाई समेत राज्यले नियन्त्रणमा राख्ने कोसिस गरिरहेको बताएका छन् । नेपालमा जनता उठेको मन नपराउने तत्वहरूको चलखेल बढेको बताए । माओवादी घटकको पत्रकार सम्मेलनमा विप्लवले अहिले राज्य जनताको पक्षमा नरहेको दावी गरको छन् ।
उनले भने, ‘माओवादी केन्द्रले जति नै हाम्रो राज्य भएको भने पनि यो राज्य जनताको भइसकेको छैन । नेपालको राज्यले जनताको हात नलिएसम्म कोहि पनि सुरक्षित हुँदैन । उनले भने एउटा सुकुम्बासीको हालत के होला ? क्रान्तिको अपूर्णताको परिणाम हो । ’
जनयुद्धकालीन मुद्दालाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रचण्डविरूद्ध रिट सर्वोच्चमा विचाराधीन छ । विप्लवले जनतामा चरम असन्तुष्ट छाएको बताए । उनले भने ,‘मध्यमवर्गीय व्यवसायीहरू आगो लगाएर मारिदैछन् । देशमा मिटरब्याजी र लघुवित्तले आतकं मच्चाएका छन ।’