Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

पेन्सेलभेनियामा भूटान गजल मञ्चको गजल बाचन र गायन मेहफिल: दजनौं स्रष्टा तथा कलाकर्मीको ‘गजल धमाका’

सुष्मा देवकोटा

भूटान गजल मञ्चले अमेरिकाको पेन्सेलभेनियामा राज्यमा दजनौं स्रस्टाहरुको संयुक्त सृजना वाचन तथा गायन कार्यक्रम सम्पन्न गरेको छ । भूटान गजल मञ्चको नयाँ कार्य समितिले पूर्णता पाएपछिको कार्यक्रमका रुपमा मञ्चले पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा सांगीतिक मेहफिलका साथ साहित्यिक समारोह सम्पन्न गरेको हो ।

‘गजल धमाका’ नामक यस कार्यक्रम २५ फेब्रुअरी शनिबारका दिन सम्पन्न कार्यक्रम नेपाली भाषी भूटानी कवयत्री लिला निशा र मञ्चका अध्यक्ष नेत्राचार्य कौडिण्यले दिप प्रज्वलन गरी विधिवत उद्घाटन थिए ।

गजल बाचन कार्यक्रममा ८० को हाराहारी संख्यामा श्रष्टाहरुले दुई- दुई वटा गजल वाचन गरेका थिए । स्वीकारोक्ति अभियानका प्रमुख व्यक्तित्व डेन्जोम साम्पाङ्, जय वान्तवा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा विषेशत गजल पारखी दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । पेन्सल भेनिया राज्यका दर्जनौं साहित्यिक र सांगीतिक क्षेत्र संवद्ध र साहित्य तथा संगीत अनुरागीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

 

Bridge City Home Care ले प्रथम भूटानी गजलकार शेरू उदासलाई सम्मान गरेको कार्यक्रमा वाद्यवादनका साथ रचना वाचन र गायनमा स्रष्टा गजलकार अर्जुन रसाईली, सयपत्री समूहबाट बिष्णु खवास, कृष्ण दाहाल, कुमार ओडारी, इन्द्र लामिछाने, बुद्धि लामिछाने, टेक दुधराज लगायतका दर्जानौं स्रष्टाहरुको गजल वाचन र गायन रहेको यस कार्यक्रममा सयपत्री समूह पिट्स्बर्ग वाद्यवादन समुहको पनि प्रस्तुति रहेको थियो ।

वि. सं. २०६० साल फागुन १० गते स्थापना भएको भूटान गजल मञ्चले स्थापनाको झण्डै २ दशक पछि यस बर्षबाट स्थापना दिवस मनायन सुरु गरेको छ । यसै कार्यतालिका अनुसार मञ्चले गजल धमाका कार्यक्रम आयोजना गरेको हो ।

TOP