एनआरएनए अमेरिका (सुर्य लम्साल समूह)ले डालसमा सामाजिक अन्तरक्रिया गर्दै
गैरआवसिय नेपाली संघ अमेरिका (सुर्य लम्साल) समूहले टेक्ससको डालसमा सामाजिक अन्तक्रिया गर्ने भएको छ । आईतबार युलेस स्थित गोर्खा ग्रिल एण्ड बारमा गैरआवसिय नेपालीका मुद्दा, एनआरएनकर्मिको भुमिका लगायत बिषयमा सामाजिक अन्तरक्रिया गर्न लागेको हो ।
सामाजिक सञ्जाल मार्फत सबैलाई सहभागीताका लागी अनुरोध गरिएको सुचनामा लोककल्याणकारी कार्यक्रम मार्फत नेपालको समृद्धि, गैरआवासीय नेपालीहरुको दुखःसुख्को साथि,नेपाली पहिचान, भाषा, सँस्कृति, इतिहासको संरक्षण र प्रबर्धन,न याँ अवसरहरूलाई अँगाल्दै सकारात्मक परिवर्तनको यात्रा, बिधि बिधानको अक्षरस, इमान्दारिताका साथ पालना गर्ने जवाफदेही नेतृत्वको बिकास र सबैले अपनत्व महसुस गर्न सक्ने संस्था सक्कली गैर आवासीय नेपाली संघ लगायतका बिषयमा छलफल गरिने जनाईएको छ ।
कार्यक्रममा सहभागीताका लागी अर्जुन बन्जाडे समूहका साथिहरुलाई पनि अनुरोध गरेका छौँ, बिशेष गरि डालसमा सक्रिय सामाजिक संघसंस्थाका प्रतिनिधीहरुलाई अनुरोध गरेको गैरआवसिय नेपाली संघ अमेरिका (सुर्य लम्साल) समूहका सक्रिय प्रतिनिधी भक्त बब भण्डारीलाई युएस खबरलाई जानकारी दिएका छन् ।
हाल सदस्यता बिस्तार अभियानमा रहेको संघले अगामी कार्यकालका लागी निर्वाचनकोे मिती समेत तोकेको छ । संघका अध्यक्ष सुर्य लम्सालले सामाजिक सञ्जाल मार्फत अगामी कार्यकाल २०२३–२०२५ का लागी सदस्य बन्ने अन्तिम अगस्त २५ र निर्वाचन मिति ३ सेप्टेम्वर २०२३ तोकिएका जानकारी दिएका छन् ।
लम्साल समूह एनआरएनए आइसीसीमा डेलिगेट छनौटमा विवाद भए पछि दुई वर्ष अगाडिको अधिवेशनमा एनआरएनए आइसीसीबाट बाहिरीएको थियो । सोहि समय छुट्टै अधिबेसन आयोजना गरि विनोद कुवरलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । सो समूहको संरक्षण शेष घलेले गर्दै आएका छन् । सोही संघको कार्यसमितीले अमेरिकामा सुर्य लम्सालको अध्यक्षतामा अमेरिका एनसीसी बनाएको थियो।