Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

कोभिड-१९ सपोर्टको लागि गैर आवासीय नेपाली संघ( NRNA) लाई ILO बाट ५ करोड सहयोग

गैरआवासीय नेपाली संघलाइ ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड सहयोग संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ कोभिड-१९ सहयोगको लागि ५ करोडको सहयोग प्रदान गरेको छ।

एनआरएनए र ILO जुन २९, २०२० मा ४,२४,३१० अमेरिकी डलर जसको नेपाली जुलाई ४, २०२० को नेपाल राष्ट्र बैंकको दर अनुसार ५,०१,४९, १९८ रहयोग रकमको संझौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो।

परियोजना जुलाई १, २०२० देखि फेब्रवरी २८, २०२१ सम्म ८ महिनामा सम्पन्न हुनेछ। यो परियोजना नेपाली श्रमिकहरुको मानबीय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो। परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ।

गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ। ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी छ, अध्यक्ष कुमार पन्तले भन्नुभएको छ। यसका साथै सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिनेछ।

TOP