Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

काठमाडौंका २७ वडाको मतपरिणाम सार्वजनिक: बालेन २० हजार माथीको मतान्तरले अगाडी

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको जित निस्चित जस्तै भएको छ । २७ वडाको मत परिणाम सार्वजनिक हुँदा बालेनको भोट ५५ हजार भन्दा बढी देखिएसंगै उनको जित निस्चित जस्तै बनेको छ ।

प्रारम्भिक चरणमा काठमाडौंको मेयर पदमा एमालेका केशव स्थापितसंग प्रतिस्पर्धामा रहेका उनि अहिले कांग्रेसकी सिर्जना सिंहसंग प्रतिस्पर्धामा छन् तर बालेनको भन्दा सिर्जनाको मत २० हजार भन्दा बढीले कम छ । २० हजारको मतान्तर रहेको यस अवस्थामा अव जम्मा ५ वडाको मात्र अन्तिम परिणाम बाँकी छ । आँकलन मात्र गर्दा पनि बालेन नै नयाँ मेयर बन्नेमा निस्चित जस्तै छ । बालेनले अहिले सम्म ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् भने सिर्जना सिंहले  ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन् ।

तेस्रो स्थानमा पुगेका स्थापितको मतसंख्या ३४ हजार ६ सय २६ रहेको छ ।

अहिले सम्म काठमाडौंका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भएको छ भने वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।

TOP