गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्ने प्रयासमा कांग्रेस

नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले राष्ट्रिय तहमा भएको गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले काँग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टी अन्त्यका लागि कांग्रेस लागि परेको बताउँदै नेता भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई सम्झाउन अझै समय बाँकी रहेकाले असन्तुष्टि बढेका स्थानमा सम्हाल्न केन्द्रदेखि जिल्ला तहसम्म लागि परेको स्पष्ट पारेका हुन् ।
लोकतान्त्रिक परिपाटीलाई प्राथमिकता दिँदै उपलब्धिको रक्षाका लागि सबै लाग्नु आवश्यक रहेको धारण सहित उनले गठबन्धनलाई जिताउनु सबैको दायित्व भएकाले असन्तुष्टी मिलाउँदै जानुपर्नेमा जोड दिएका छन् ।

 

TOP